एमाले-राप्रपा नेपाल तालमेलमा रावलको असन्तुष्टि

जनता अभियान शुक्रबार, बैशाख ०२, २०७९

स्थानीय  निर्वाचनमा  राप्रपा  नेपाल  र नेपाल  परिवार   दलसँग  चुनावी  तालमेल  गर्ने प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को   निर्णयप्रति   नेता   भीम   रावलले  असन्तुष्टि  जनाएका छन् ।

स्थानीय निर्वाचनमा तालमेल गर्ने सम्बन्धमा   नेकपा   (एमाले)का   वरिष्ठ उपाध्यक्ष  ईश्वर   पोखरेल र राप्रपा  नेपालका अध्यक्ष कमल थापाको  उपस्थितिमा बुधबार पाँच बुँदे  सहमति भएको  थियो  ।
त्यस्तै ,  नेपाल  परिवार   दलबीच  चुनावी तालमेलसम्बन्धी   सहमतिपत्रमा   हस्ताक्षर भएकोमा र  दुवै   दलले  चुनाव चिह्न सूर्य नै प्रयोग गर्ने  सहमति भएको  थियो  ।

यहाँ कमेन्ट गर्नुहोस्