एमालेको घोषणापत्रमा रेल र पानी जहाजका कुरा पनि समावेश

जनता अभियान शुक्रबार, बैशाख ०९, २०७९

नेकपा एमालेले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट घोषणापत्र सार्वजनिक गरेको छ।

शुक्रबार नयाँ पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरिएको हो।

घोषणापत्रमा रेल र पानी जहाजको विषय पनि समेटिएको छ। घोषणा पत्रमा भनिएको छ,‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने। ठूला सहरहरुमा रेल, बस, र्यातपिड ट्रान्जिट लगायतका यातायात प्रणालीको विकास गर्ने। ठूला नदी प्रणालीहरुमा जल यातायातको विकास गर्ने।’

यस्तै मोटरबाटो पुग्न कठिन बस्तीहरुमा स्तरीय पदमार्ग, केबलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने उल्लेख गरिएको छ।

जारी गरिएको घोषणापत्रमा विभिन्न ६ वटा संकल्प गरिएको छ।

एमालेले जनप्रतिनिधिलाई शासक नभई जनताको सेवक भनेको छ।

एमालेले अघि सारेको संकल्प

–हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन्।

–हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन्।

–हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्नेछन्।

–हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन्।

–हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन्।

–हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्‍याउन अग्रणी भूमिका खेल्नेछन्।

यहाँ कमेन्ट गर्नुहोस्