जिम्बाबेविरुद्ध खेल्ने क्रिकेट टिमको घोषणा

जनता अभियान शुक्रबार, बैशाख ०९, २०७९

नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

क्यानले जिम्बाबेविरुद्ध हुने एकदिवसीय र टी ट्वान्टी क्रिकेटका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको हो ।

सन्दीप लामिछानेको कप्तानी रहेको नेपाली टिममा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमला छन् ।

क्यानले एकदिवसीय र टी ट्वान्टीका लागि २३ सदस्यीय टिमको घोषणा गरिएको जनाएको छ । यही टिमबाट खेलको दिन सुरुवाती ११ छनोट गरिने क्यानले जनाएको छ ।

नेपाल र जिम्बावे ‘ए’ बीचको सिरिज बैशाखमा हुनेछ । नेपालले जिम्बावे ‘ए’ सँग तीन ५० ओभरको र तीन टी-ट्वान्टी खेल खेल्नेछ ।

सिरिज बैशाख १७ गते त्रिवी क्रिकेट मैदानमा हुनेछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ ।

५० ओभरको सिरिज बैशाख १७ देखि २१ सम्म चल्ने छ । यस्तै टी-ट्वान्टी सिरिज  बैशाख २३ देखि २६ सम्म चल्ने छ ।

यहाँ कमेन्ट गर्नुहोस्