जसपाबाट देवानगन्ज–२ को वडाध्यक्षमा कृष्णवल्लभ मेहताको उम्मेदवारी

बिनाेद मेहता सोमबार, बैशाख १२, २०७९

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा देवानगन्ज गाउँपालिका वडा नं २ को वडाध्यक्षका लागि कृष्णवल्लभ मेहताले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

सोमबार मनोनयन दर्ताको अन्तिम दिन जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट मेहताले वडा नं २ को वडाध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका हुन् । मेहताले आज दिउँसो देवानगन्ज गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्