एमएनएचसम्बन्धी बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीहरूलाई तालिम

बिनाेद मेहता सोमबार, बैशाख १२, २०७९

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित एमएनएचसम्बन्धी बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीहरूलाई तीनलिने तालिम दिइएको छ । वैशाख ९ गतेदेखि संचालन भएको उक्त तालिमको आइतबार सम्पन्न भएको भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले जनाएका छन् ।

मेहताको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रम स्वास्थ्य शाखा प्रमुख आलम अंसारीको अध्यक्षता, लेखा अधिकृत महेश राना मगर र जनस्वास्थ्य निरीक्षक हिरालाल साह, भोक्राहा स्वास्थ्य चौकीको प्रमुख रमेश साहलगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त तालिममा तीन दिनसम्म इनरुवा अस्पताल सुनसरीकी स्टाफ नर्स पिङ्की मेहताले प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा बर्थिङ सेन्टर तथा स्वास्थ्य संस्थामा कार्यरत नरसिङ स्टाफहरूको सहभागिता रहेको थियो ।

भवन निर्माण भएको लामो समयपश्चात उदघाटन गरिएको बर्थिङ सेन्टर नरसिंह संचालनको सम्बन्धमा स्वास्थ्य शाखा प्रमुख आलम अंसारी, बर्थिङ सेन्टरमा कार्यरत सिअनमी मिठु श्रेष्ठ, सिअनमी माया राई समेतले पुर्याइरहेको योगदानको प्रमुख प्रशासकीय अधिकृत मेहताले प्रशंसा गरे ।

साथै बर्थिङ सेन्टर भोक्राहा र बर्थिङ सेन्टर नरसिंहको सेवा प्रबाहलाई प्रभावकारी र गुणस्तरीय बनाउन कार्यालयले कुनै कसर बाकककी नराख्ने र सो को लागि स्वास्थ्य संस्थामा रहेको समस्याको सम्बन्धमा स्वास्थ्यकर्मीहरूले समयमै प्रमुख प्रशासकीयलाई जानकारी गराउनु पर्ने धारणा समेत राखे ।

त्यस्तै कुनै पनि औषधी, उपकरणको आभाव सिर्जना हुन नदिन स्वास्थ्यकरामीलाई निर्देशन पनि दिइयो । अन्त्यमा स्वास्थ्य शाखा प्रमुख आलम अंसारीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आफुले कुनै कसर बाकककी नराख्ने र सरोकारवाला हरेक पक्षसंग समन्वय, सहजिकरण, सहयोगको बातारबरण बनाउने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम समापन गरे ।

यसैबीच, भोक्राहा नरसिंह गाउँपालिकाले जनचेतनामुलक कार्यक्रम तथा र्याली गरी बिश्व औंलो दिवस, २०७९ सम्बन्धी मनाएको छ । उक्त कार्यक्रम वडा नं ७ स्थित नरसिंह स्वास्थ्य चौकीमा सम्पन्न भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्