सुनसरीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

Janata Abhiyan आइतबार, साउन २४, २०७८

आइतबार, २४ साउन २०७८
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको भोक्राहानरसिंह–४ मा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

पूर्वतर्फ आउँदै गरेको को ८ प ४११५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा सुनसरीको भोक्राहानरसिंह–४ का ३५ वर्षीय हेमन उराउको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राति ८ः३० बजेतिर दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा एक घण्टापछि जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।

हेमन मोटरसाइकलको पछाडि सवार थिए । दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–९ का ४० वर्षीय बाबुराम उराउ सामान्य घाइते भएका छन् । उनको इनरुवा अस्पतालमै उपचार भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्