सुरेन्द्र कुशवहा बिहिबार, बैशाख १५, २०७९
अर्थमन्त्री जनार्दन शर्माले धानको उत्पादन तीन गुणा वृद्धि गर्न निर्देशन दिए । बुधबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग भएको छलफलमा अर्थमन्त्री शर्माले किसानलाई उन्नत जातको बिउ दिएर धानको उत्पादन तीन गुणा वृद्धि गर्न निर्देशन दिए ।
छलफलमा अर्थमन्त्री शर्माले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि घटाउनुपर्ने दबाव रहेको बताए । मन्त्री शर्माले नेपालमा सुचिकृत भएका उन्नत जातको धान बिउको सुची, आयातकर्ता व्यवसायी र उन्नत जातको बिउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्याङ्कसहित पुनः छलफलमा आउन समेत निर्देशन दिए ।
उनको यो भाषण सुन्दा अचम्म लागेर आउँछ । उनको यो भाषण तर्कसङ्गत कि ठट्यौली हो ? छुट्याउन सकिँदैन । कृषिप्रधान भएको देशमा किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसक्ने, उन्नत खालको बीउ बिजन उपलब्ध गराउन नसक्ने, कृषि आधुनिकीकरण गर्ने कुरा भाषणमा मात्रै सिमित गर्ने, प्रत्येक बर्ष अर्बौं खरबको भारत खाद्यान्न सामग्री र तरकारी नेपाल भित्र्याउने, कृषि औजार,अनुदान लगायतका कृषि कार्यक्रमा बिल भोचर तथा सेटिङ्ग्मा पहुचबलाहरुले मात्रै पाउने देश हो यो ।
यो देशमा वास्तविक साना, मध्यम वर्गको किसानले अनुदान पाउन सकेका छैनन् । कृषि सम्बन्धी ज्ञान तथा अनुभव भएको व्यक्ती कृषि मन्त्री बन्न सकेका छैनन् । असोज महिनामा आएको बेमौसमी वर्षाबाट लाखौं लाखको धान र तरकारी बालिमा भएको क्षति आठ महिनासम्म पुगि सक्दा पनि किसानले क्षतिपूर्ति पाउन्न सकेका छैनन् । अनि माइक तानतुन गरेर तर्कबिनाको भाषण छाट्ने मन्त्रीहरूको कुरालाई ठट्टा मान्न पाउने कि नपाउने ?