Janata Abhiyan सोमबार, साउन २५, २०७८
सुनसरीमा निर्माणाधीन भवनबाट लडेर मिस्त्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा नगरपालिका–१० जल्पापुरका ३७ वर्षीय ईशादिल अंसारी रहेका छन् ।
सुनसरीको कोसी गाउँपालिका–५ कुम्याई बस्ने मलसुहुदिन मियाँको निर्माणाधीन घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खालसहित उनी लडेका थिए । सोमबार दिउँसो एक बजे दोस्रो तल्लाबाट खसेका उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै, सो घटनामा देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय मोहम्मद सतार अंसारी घाइते भएका छन् । घाइते उनको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ ।
घटनास्थलमा इलाका प्रहरी लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्