हरिनगरमा नेपाली काँग्रेस त्यागेर ९८ जना एमालेमा प्रवेस

माेहसिम अंसारी मंगलबार, बैशाख २७, २०७९

सुनसरीकाे ग्रामिण क्षेत्र रहेको हरिनगर गाउँपालिका वडा नं ६ का युवा तथा बुढा पाखाहरूले नेपाली काँग्रेस त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् । बूढा पाखाहरूकाे भनाइ अनुसार हामीहरु धेरै बर्ष देखि नेपाली कांग्रेसमा सक्रिय भएर कान गर्दै आएको छु नेपली कांग्रेसको नेता तथा कार्यकर्ताहरू हामीहरु लाई पाउनु पर्ने मान मर्यादा प्रतिष्ठा न पाएको खण्ड हामीहरु अाज नेकपा एमाले पार्टी रोजेका छौ ।

युवाहरुको आनुसार हामीहरुलाई नेकपा एमाले पार्टी धेरै राम्रो लाग्यो र नेकपा एमाले एउटा गरीब जनताको पार्टी हो त्यसै कारण अाज हामीहरू नेकपा एमाले पार्टी रोजेका छों। नेकपा एमाले पार्टीको निति नियम कानुन विधान धेरै राम्रो देखिएकोमा अाज देखि हामीहरू नेपाली काँग्रेस छोडेर नेकपा एमाले पार्टीमा सक्रिय भएर लाग्छु युवाहरू कार्यक्रम सम्बोधन गर्दै भनेको थियो ।
नेपाली काँग्रेस हामीहरू संग गरेको बाचा पूरा नगरेकोकाेमा अाज देखी हामीहरु नेकपा एमाले रोजाका छौ । युवाहरुकाे भनाई र बुझाई अनुशार नेपाली काँग्रेसमा अझैं समय बितायो भने हामीहरुको भविषय अन्धकार तिर जानसक्छ । भविषय लाई राम्रो र उजल बनाउका लागि उनिहरूले नेकपा एमाले रोजेका छन्

कार्यक्रमको प्रमुख अतिथि क , लस्करी अंसारी कार्यक्रम सम्बोधन गर्ने बेलामा आफ्नो कार्यकर्ता र नेकपा एमाले रोज्ने पार्टीका मान्छेलाई भने नेकपा एमाले एउता गरीब जनताको पार्टी हो तपाइँहरू याे पार्टी खुलेर लाग्नुस् एक दिन् तपाईहरु पनि अवश्य सफलता पाउने छ । र याे पनि अंसारीले सम्बोधन गर्ने बेलामा भने नेकपा एमाले पार्टीको नियम कानुन सिद्धान्त धेरै नै कडा छ । नेकपा एमाले झुठकाे बाटो तिर कहिले लाग्दै न नेकपा एमाले जहिले पनि सहीको बाटो तिर लाग्छ । नेकपा एमाले जहिले पनि जनता साथ लिएर हिँड्छ । र नेकपा एमाले जहिले पनि राम्रो बाटो तिर लाग्छ र अरू लाइ पनि राम्रो बाटो हेराउँछ अंसारीले कार्यक्रम सम्बोधन गर्ने बेला भने ।

यहाँ कमेन्ट गर्नुहोस्