देवानगञ्जका जनप्रतिनिधिले लिए शपथ

बिनाेद मेहता बुधबार, जेठ ११, २०७९

सुनसरीको देवानगञ्ज गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार पालिका अध्यक्ष बेचनप्रसाद मेहता र उपाध्यक्ष कुमारीविभा यादवसहित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

पालिका अध्यक्ष्मा जनता समाजवादी पार्टीका मेहता र उपाध्यक्षमा नेपाली काँग्रंसकी यादव निर्वाचित भएका थिए।

मेहताले ६ हजार ८७४ मत ल्याएर विजयी हुँदा उपाध्यक्षमा नेपाली काँग्रेसकी कुमारी विभा यादवले ६ हजार ११२ मत प्राप्त गरी विजयी भएकी थिइन्।

जसपाका मेहताले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्यामलाल मेहतालाई पाँच सय १६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । श्यामलाल मेहताले ६ हजार ३५८ मत प्राप्त गरी पराजित भएका थिए।

यस्तै, वडा नं १ का वडाध्यक्ष सूर्यनारायण पाल, वडा नं २ का जगनारायण मेहता, वडा नं ३ का अनिल भगत, वडा नं ४ का सुशीलकुमार मेहता, वडा नं ५ का मनोज मण्डल, वडा नं ६ का हरिनन्दन मेहता र वडा नं ७ का सूर्यनारायण यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

यहाँ कमेन्ट गर्नुहोस्