सुरेन्द्र कुशवाह बिहिबार, जेठ १२, २०७९
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर १ , वडा नम्बर २ नं र वडा नम्बर ७ को कार्यालयमा हेल्प डेक्स स्थापना हुने भएको छ ।
मंगलबार पालिकाको बैठक बाट हेल्प डेक्स स्थापन गर्ने निर्णय गरेको हो।
उक्त हेल्प डेस्क बाट वडा कार्यालयका सेवाग्राहीहरूलाई निशुल्क रूपमा फोटोकपी गर्ने, निवेदन लेख्ने, बिभिन्न फारम भर्ने, टाइपिङ, प्रिन्टिङ, इमेल, इन्टरनेट लगायतको सुविधा उपलब्ध हुने भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष अजमल अख्तर आजादले अध्यक्षतामा बसेको बैठकले हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको हो । यही जेठ मसान्त भित्रमा हेल्प डेक्सको स्थापना हुने भएको अध्यक्ष अजादले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्