पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ

जनता अभियान शुक्रबार, जेठ १३, २०७९

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु) र राष्ट्रिय युवा संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा शुक्रबार (आज) विराटनगरस्थित नेपाल आयल निगम घेराउ गरेका छन्।

निगमले इन्धनको मूल्य अचाक्ली रूपमा बढाएको भन्दै विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा पुगेका युवा तथा विद्यार्थीहरूको समूहले आयल निगमको गेटअगाडि प्रदर्शन गरेका हुन्।

उनीहरूले ब्यानर, प्लेकार्ड बोकेर सरकारविरुद्ध नारा–जुलुस गर्दै प्रदर्शन गरे ।

अनेरास्ववियु मोरङका सहसचिव नवीन पहाडीले निगमले गरेको मूल्यवृद्धिलाई केन्द्रीय सरकारले नियन्त्रण गर्न नचाहेर सर्वसाधारण जनताको ढाड सेक्न खोजेकोले आरोप लगाए। उनले सरकारले मूल्यवृद्वि नियन्त्रण गर्न कदम नचालेसम्म आन्दोलन थप शसक्त बनाउने चेतावनी दिए।

यहाँ कमेन्ट गर्नुहोस्