बृहत् रक्तदानमा सन्चारकर्मिले गरे रक्तदान

सुरेन्द्र कुशवाहा आइतबार, जेठ १५, २०७९

इनरुवा । जेष्ठ १५ गते १३ ओ गणतन्त्र दिवसको अवसरमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित बृहत् रक्तदान कार्यक्रमा सन्चारकर्मीले रक्तदान गरेको छ ।

“रक्तदान नै जीवन दान हो” भन्ने मुल नाराका साथ भोक्राहा नरसिंह गाउँपालिका द्वारा आयोजित वृहत् रक्तदान कार्यक्रमा स्थानीय सन्चारकर्मी सुरेन्द्र मेहता( कुशवाहा)ले पनि रक्तदान गरेका हुन। देशमा कोभिडको महामारीको समय देखि बिरामीहरुको चाप बढदै जानुको साथै रगतको अभाव भएको अवस्थामा
स्थानीय सन्चारकर्मी मेहताले चोथो पटक रक्तदान गरेको हो।

गाउँपालिकाको प्राङ्गणमा आइतबार रक्तदान कार्यक्रमा सन्चारकर्मी , सुरक्षाकर्मी , स्वास्थयकर्मि तथा समाजसेवीहरुले रक्तदान गरेका छन।

नेपाल रेडक्रस सोसाइटी र भोक्राहा नरसिंह गाउँपालिकाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएका हो।

कार्यक्रमा गाउँपालिका स्थानीयबासी , कर्मचारी, सशस्त्र प्रहरी , सन्चारकर्मी , समाजसेवी लगायत जम्मा ५१ जनाले रक्तदान गरिएको नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष युवराज दाहालले जानकारी दिनु भयो ।

रक्तदान कार्यक्रमा सुनसरी जिल्ला प्रमुख अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रमुख सन्जय सिंह थापा , भोक्राहा नरसिंह गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्द मेहता , भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजाद, उपाध्यक्ष सुनिता कुमारी उराँव ,नेपाल रेडक्रस सोसाइटी उपशाखा अध्यक्ष युवराज दाहाल लगायत गाउँवासिको उपस्थिति रहेकोे थियो ।

यहाँ कमेन्ट गर्नुहोस्