सिटी सफारीमा गाँजा ओसारपसार, सात केजी गाँजासहित चालक पक्राउ

Janata Abhiyan सोमबार, साउन २५, २०७८

सोमबार, २५ साउन २०७८
मोरङबाट सात किलो गाँजासहित एक जना पक्राउ परेका छन् । प्रहरीले मोरङ सुन्दरहरैँचा नगरपालिका–७ बाट गाँजासहित सिटी सफारी चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकुट्टा सहिदभूमि गाउँपालिका–५ घर भई हाल सुन्दरहरैँचा–५ मा डेरा गरी बस्ने २४ वर्षीय ईमान राई रहेका छन् । सोमबार दिउँसो साढे ३ बजे इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई गाँजासहित पक्राउ गरेको हो ।

राईले चलाएको को १ ह ७९८५ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा प्रहरीले गाँजा फेला पारेको थियो । त्यसपछि राईको कोठामा खानतलासी गर्दा सात केजी नौ सय ८४ ग्राम गाँजा फेला परेको थियो ।

सिटी सफारीसहित पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्