विनाेद मेहता सोमबार, जेठ १६, २०७९
आज जेठ १६ गते। आज तराईका जिल्लाहरुमा विवाहित महिलाहरुले बर्षाइत अर्थात सति ब्रट पुजा मनाउँदै छन।
तराईका जिल्लाहरूमा बरको रुख लाई धागोले बेरेर नयाँ बसबाट बनाएको ढाकी , बेना ,फूल लगायतका पुजा सामग्री जम्मा गरी उपवास बसेर पतिको दिर्घायुको कामना गर्दै यो पर्व मनाउने चलन रहेको छ ।
गाउँमा रहेको बर पिपल मध्ये बरको रुखलाई मात्र पूजा गरिने चलनमा विवाहित महिलाले संयुक्त रूपमा ब्राहमणलाई वेद पढाएर मनाइने यस पर्वमा पूजा
गरिसकेपछि महिलाहरु आफ्नो घरमा विभिन्न किसिमका पकवान तयार पारी आफू र आफ्ना परिवारका सदस्यलाई खुवाउने चलन छ ।
यहाँ कमेन्ट गर्नुहोस्