कुलत छुटाउन सुधार केन्द्रमा भर्ना भएका एक जनाको मृत्यु

जनता अभियान बिहिबार, जेठ १९, २०७९

सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित एक सुधार केन्द्रमा बसिरहेका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रे घर भएका ४० वर्षीय सन्तोष दाहाल रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

धरान प्रहरीका सइ दीपक कटवालका अनुसार दुर्व्यसनसम्बन्धी उपचार गर्ने पुनर्स्थापना केन्द्रको रूपमा सञ्चालित गुरुकुल फाउन्डेसनमा मादक पदार्थको कुलत छुटाउन जेठ १३ गते भर्ना भएका उनको बुधबार राति मृत्यु भएको हो।

मृतक हाल झापाको दमकमा बोर्डिङ स्कुल सञ्चालन गर्दै आएका थिए। मृतकको शवको मुचुल्का उठाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको उनको भनाइ छ।

यहाँ कमेन्ट गर्नुहोस्