भारत लैजाँदै गरेको अवस्थामा ५० थान सुँगुर बरामद, दुई जना पक्राउ

विनाेद मेहता बिहिबार, जेठ १९, २०७९

सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्जबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा ५० थान सुँगुर बरामद भएको छ । देवानगन्ज नगरपालिकाको सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले भारततर्फ लैजाँदै गरेको अवस्थामा सुँगर बरामद गरेको हो।

सशस्त्र बल सुनसरीका एसपी विक्रम हुमागाईंका अनुसार दुईवटा पिकअप भ्यानमा भारत लैजाँदै गरेको अवस्थामा सुँगुरका पाठा बरामद गरिएको हो। नियमित चेकजाँचका क्रममा भारत जाँदै गरेका दुईवटा पिकअपमा चेकजाँच जर्दा बोरामा हालिएको अवस्थामा सुँगुर फेला फेला परेको उनले बताए।

उनका अनुसार दुई लाख रुपैयाँ बराबरको सुँगुर र दुईवटा पिकअप भ्यान बरामद गरिएको छ भने दुव गाडीका चालकलाई पक्राउ गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्