नवजात शिशुको मृत्यु भएपछि कोशी अस्पताल तनावग्रस्त

जनता अभियान शनिबार, जेठ २१, २०७९

कोशी अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ ।

मोरङ बेलबारी–७ निवासी २४ वर्षीया स्वितमा प्रधानको नवजात शिशुको गए राति मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो । प्रधानले शुक्रबार राति ८ बजे छोरीलाई जन्म दिएकी थिइन् । डेलिभरी नर्मल थियो । डेलिभरीपछि नवजाजत शिशुको मुखमा दिशा परेको भन्दै उपचार गर्न लगियो । तर, राति ११ बजे भने शिशुको मृत्यु भएको खबर आयो ।

प्रधानका श्रीमान् दीपेन्द्र श्रेष्ठका अनुसार डिस्चार्ज पेपरमा ‘स्टील बर्थ’ भनेर लेखिएको थियो । ‘स्टील बर्थ’ अर्थात मरेको बच्चा जन्मिएको हो ।  डिस्चार्ज पेपरमा मरेको बच्चा जन्मिएको कसरी लेखियो भनेर बुझ्न खोज्दा चिकित्सक र अस्पताल प्रशासनसँग भेट्न नपाएको उनीहरूको भनाइ छ ।

यहाँ कमेन्ट गर्नुहोस्