कटुवा पेस्तोल र लागुऔषध सहित १ जना पक्राउ

जनता अभियान बिहिबार, आषाढ ०२, २०७९

सुनसरीको कोशी गाउँपालिका-२ स्थितबाट प्रहरीले कटुवा पेस्तोल र लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उप-महानगरपालिका-३ सुनसरी घर बताउने १९ बर्षीय रोहित राई रहेका छन ।

गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले हिजो बिहान कोशी गाउँपालिका-२ स्थितबाट राईलाई कटुवा पेस्तोल १ थान, गोलीको खोका १ थान, लागुऔषध डाईजापाम १० एम्पुल, नाईट्रोजन १० ट्यावलेट, लिजेसिक ३ एम्पुल, ट्रामाडोल ३३७५ पिस सहित पक्राउ गरेको हो ।

कटुवा पेस्तोल र लागुऔषध सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्