भोक्राहा नरसिंहमा नीति तथा कार्यक्रम र बजेट तर्जुमासम्बन्धी अन्तरक्रिया

विनाेद मेहता आइतबार, आषाढ ०५, २०७९

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले आगामी आव ०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको सम्बन्धमा अन्तरक्रिया, छलफल र सुझाव संकलनको काम सम्पन्न गरेको छ। गाउँपालिकाले शनिबार पालिकाको सभाहलमा नीति तथा कार्यक्रम र बजेट तर्जुमासम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिताकुमारी उराँव, प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, सबै सामाजिक धार्मिक सहकारी संघ संस्थाको पदाधिकारीहरू, सुरक्षा निकायको प्रमुखहरू, संचारकर्मीहरू, कर्मचारीहरू गरी १५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा लेखा अधिकृत महेश राना मगरले नीति तथा कार्यक्रम र बजेट तर्जुमाको अवस्था र प्रकृयाको बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। छलफलको क्रममा ३२ जना सहभागीले विभिन्न सुझावहरू राख्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृ बाबुनन्दन मेहताले प्राप्त सुझावहरू उपरगाउँपालिकाले मनन गर्ने तथा गाउँपालिकाको समृद्धिका लागि पालिकाका कर्मचारीहरू बिदाको दिन, कार्यालय समय अघिपछि पनि दत्तचित भएर कटिबद्ध भएर खटिरहेकोले सबै पदाधिकारीहरू र सरोकारवालाहरूले सकारात्मक ढंगले साथ, सहयोग, समन्वय, सहजीकरण गर्न पर्ने मन्तब्य राखे

गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले हरेक सुझावलाई गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने, सबै सरोकारवालाको साथ, सहयोग, समन्वय, सल्लाह, सुझावबाट मात्र भोक्राहा नरसिंह गाउँपालिकाको समग्र क्षेत्रको विकासको खाका तयार हुने बताए।

साथै उनले शैक्षिक क्षेत्र सुधारकालागि उच्चस्तरिय टोली गठन गरी अध्ययन हुने, सामुदायिक विद्यालयलाई अंग्रजी माध्यममा पठन पाठन गर्न प्रोत्साहन गर्ने, किसानहरूलाई विभिन्न किसिमको सहुलियत उपलब्ध गराउने, विद्युतिय मिटर, कृषी औजार, विद्युतीय सिंचाईलगायत कृषि उपज तथा पशु हाटबजार ब्यबस्थापन गर्ने, अधुरा विकास निर्माण पुरा गर्ने कार्यलाई पहिलो प्राथमिकता दिने, विकास निर्माणमा छिमेकी स्थानीय तह, प्रदेश सरकार, संघीय सरकारसंग साझेदारी गर्ने र संचारमाध्यमलाई प्रोत्साहित गर्ने लगायत कार्य गर्ने चेतावनी दिए।

यहाँ कमेन्ट गर्नुहोस्