१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

Janata Abhiyan शुक्रबार, साउन २९, २०७८

सुनसरीको हरिनगरा गाउँपालिकामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले हरिनगरा गाउँपालिका–६ बस्ने २२ वर्षीय शम्सेर अन्सारीलाई पक्राउ गरेको हो ।

अन्सारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरेको सुनसरी प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।

डिएसपी कार्कीले बालिकाको स्वास्थ्य परीक्षण हुँदै छ । थप विषय अनुसन्धान गरिरहेको उनले जनाए ।

यहाँ कमेन्ट गर्नुहोस्