जनता अभियान शनिबार, आषाढ २५, २०७९
झापाको बिर्तामोड नगरपालिका–१ पश्चिम बस स्टेन्डबाट २९ लाख ९३ हजार एक सय मूल्यबराबरको अवैध कपडा बरामद गरिएको छ।
भारतबाट भन्सार छलेर ल्याइएको विभिन्न खालका कपडा बरामद भएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीले जानकारी दिए। कपडा प्याक गरेर राखिएको १८ वटा पोका बेवारिसे अवस्थामा बरामद गरिएको हो।
तस्करीको कपडा आवश्यक अनुसन्धान र कारबाहीका लागि सशस्त्रले राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्