६० औं इन्जिनीयर्स दिवस – २०७९ : राष्ट्र निर्माणमा खटिएका सिपाही हुन् इन्जिनियर, राज्यले दिनुपर्छ उचित सम्मान

दिपेन्द्र श्री यादव बिहिबार, साउन ०५, २०७९

विराटनगर,राष्ट्र निर्माणमा धरातलीय मजबुति को भुमिका निभाउने प्राविधिक जनशक्ति लाई राज्यले सम्मान दिनबाट चुक्न नहुने सन्दर्भमा इन्जिनियरहरले सरकारको ध्यान आकृष्ट गराएका छन् ।

६० औं इन्जिनियर्स दिवसको अवसरमा मंगलवार प्रदेश १ को राजधानी विराटनगरमा भेला भएका इन्जिनियरहरूले आफ्नो पेशागत हितलाई वास्तै नगरि विभिन्न जोखिम मोलेर भएपनि राष्ट्रनिर्माण मा एक कर्तव्यनिष्ठ सिपाहीको भूमिका निर्वाह गरिरहेको बताएका छन् ।


दिवसक अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश नं. १ समिति द्वारा तिन दिवसीय कार्यक्रमको आयोजना गरिएको थियो । जसमा साउन १ गते रक्तदान कार्यक्रम, २ गते विभिन्न १३ टीम सहभागी रहेको फुटसल टुर्नामेन्ट र अन्तिम दिन ३ गते विहान बृक्षारोपन, बाल सेवा आश्रममा खाद्यान्न वितरण तथा साँझ पेशागत भेला लगायतका कार्यक्रम विभिन्न चरणमा सम्पन्न भएको छ ।

मंगलवार साँझ विराटनगर को एयरपोर्ट रोडमा स्थित होटेल पर्पल हेजमा आयोजित ऐतिहासिक भेलामा प्रदेशभरिबाट ४०० बढी इन्जिनियरहरू
सहभागी थिए । प्रदेशका मुख्यमन्त्री श्री राजेन्द्र कुमार राई प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विराटनगर महानगरका मेयर श्री नागेश कोइराला, प्रदेशका विभिन्न मंत्रालयका सचिवहरू, विशिष्ट अधिकारीहरू साथै अनुभवि विशिष्ट इन्जिनियरु सहभागि रहेका थिए ।


इन्जिनियर्स एसोशिएसन प्रदेश समीति अध्यक्ष समेत रहेका कार्यक्रमका अध्यक्ष ई श्री जयनाथ यादवले हाम्रै दृढ़ता र कार्यकौशलतामा देशको समुचित विकास आश्रृत रहेको भन्दै इन्जिनियरहरु लाई विचलित नभई कर्तव्य निर्वहनका लागि आग्रह गरेका थिए । अबको दिनमा भेला तथा प्रविधी मैत्रि प्रशिक्षण निरन्तर संचालनका लागि एशोसिएसन तयार भइरहेको भन्दै ई यादवले पेशागत हकहित संरक्षण का लागि एकजुट हुन सहभागिहरु लाई आह्वान गरेका थिए ।

 

स्थानिय तहमा इन्जिनियर लाई छैठौं श्रेणिमा पदस्थापन गरिएको प्रति गम्भिर असन्तुष्टी जनाएका अध्यक्ष ई. यादवले” सरकारले हाम्रो पेशागत हितको ख्याल राख्न नसकेको भनि मुख्यमंत्री समक्ष गुनासो गरेका थिए “। यसलाई सच्याउन नसकिए उर्जावान जनशक्तिको मनोबलमा ह्रास आउँदा उत्पादकत्वमा असर पर्न सक्ने भनि चिंता व्यक्त गरेका थिए । उनले यस बिषयमा राज्य गम्भिर हुनुपर्ने आवश्यक्ता औँल्याएका थिए। उनले सहभागिता जनाएकोमा सबैलाई आभार पनि प्रकट गरेका थिए ।

प्रमुख अतिथी मुख्यमंत्री राईले अध्यक्ष यादवको भनाई प्रति सहमति जनाउँदै प्रदेश सरकारले यस बिषयमा छलफल गरिरहेको बताएका थिए । व्यक्तिगत तबरबाट पनि यस श्रेणिगत समस्यालाई आफ्नो प्राथमिकतामा राखेर सम्बन्धित निकायहरू संग मिलेर समाधान खोज्नु पर्ने पक्षमा रहेको स्पष्ट पारेका थिए ।

कार्यकममा अनुभवि इन्जिनियर श्री भरत कुमार न्यौपाने द्वारा स्थानिय तह संचालन र इन्जिनियरको भुमिका सन्दर्भमा टेक्निकल प्रशिक्षण प्रदान गरेका थिए । व्यवसायिक रुपमा कामका प्रकृति र परिस्थिती अनुसार इन्जिनियरको स्वविवेक प्रयोग आवश्यक रहने हुनाले निरन्तरको अपडेट तथा अनुभव आदानप्रदान आवश्यक हुने प्रशिक्षक ई न्यौपाने को जोड़ थियो ।

कार्यक्रमका संयोजक रहेका एशोसीएसन का प्रदेश सदस्य ई. श्री अभिनाष ठाकुरले अध्यक्ष ई जयनाथ यादवको नेतृत्वमा हामि जनसंपर्क तथा सांगठनिक एकतामा ध्यान दिएको बताएका छन् । सम्भवतः यस प्रकारको कार्यक्रम आयोजन पहिलो रहेको भन्दै ई ठाकुरले आगामी दिनमा विभिन्न कार्यक्रम आयोजन गरिने बताए । हाम्रो यस कार्यक्रमले देशभरि फैलिएका इन्जिनियरहरूको उत्साहवर्धन भएको उनको तर्क थियो ।

यहाँ कमेन्ट गर्नुहोस्