हत्या आरोपमा महोत्तरीबाट एक जना पक्राउ

जनता अभियान शुक्रबार, साउन ०६, २०७९

पिपरा गाउँपालिका-५ बस्ने ५६ वर्षीय राम बहादुर दासको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही गाउँपालिका-४ बस्ने ४५ वर्षीय रामनाथ दास छन्। उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पिपरा गाउँपालिका-५ स्थित सहोडवा र एकरैया जाने बाटो नजिक रहेको आँप बगैंचामा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा रामबहादुर दासको शव फेला परेको थियो।

घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सहोरवा र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा रामनाथ दासको संलग्नता रहेको खुलेपछि उनलाई १ थान फरुवा (कोदालो) सहित पक्राउ हो।

यहाँ कमेन्ट गर्नुहोस्