विभिन्न माग राख्दै राप्रपा नेपाल सडकमा

जनता अभियान शुक्रबार, साउन ०६, २०७९

राप्रपा नेपालका जनबर्गिय संगठनहरुले विभिन्न माग राख्दै संयुक्त रुपमा आज राजधानीमा बिरोध प्रदर्शन गरेका छन्।

प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारिलाई कारबाहि गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माईतिघर मण्डलाबाट जुलुस निकालिएको छ।

प्रदर्शनमा जनबर्गिय संगठनका नेता, कार्यकर्ता संगै पार्टीका नेताहरुको समेत सहभागीता रहेको छ।

माईतिघर मण्डलाबाट शुरु भएको बिरोध प्रदर्शन बानेश्वर तर्फ अघि बढेको छ। विद्यार्थी ,महिला, युवा मोर्चा, मजदुर, पुर्ब प्रहरी, धार्मिक संगठन, सांस्कृतिक संगठन लगायतका जनबर्गिय संगठनहरुको प्रदर्शनमा सहभागीता छ।

राप्रपा नेपाललाई पुनर्जागृत गरेपछी पछिल्लो समय कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपाल संगठन निर्माण सगैं सडक केन्द्रित भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए।

उनका अनुसार आन्दोलनलाई आगामी दिनमा चरणबद्ध रुपमा अघि बढाईने छ ।

यहाँ कमेन्ट गर्नुहोस्