यातायातमन्त्री राईको गाडी ट्राफिक प्रहरीको कारबाहीमा

जनता अभियान सोमबार, साउन ०९, २०७९

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले प्रयोग गर्दै आएको गाडी पार्किङ निषेधित क्षेत्रमा रोकेपछि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

ललितपुरको जाउलाखेलमा ट्राफिक नियम उल्लंघन गर्दै बा२२च २५८३ नम्बरको गाडी पार्किङ गरेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको हो । सो गाडी मन्त्री राईले प्रयोग गर्दै आएको ट्राफिक प्रहरीका एक जना अधिकृतले बताए ।

‘नो पार्किङमा त्यो पनि अपोजिट दिशामा फर्काएर राखेपछि चिट काटिएको हो,’ ललितपुर ट्राफिक प्रहरी स्रोतले भन्यो ।

यस्तै, कारबाहीको समयमा मन्त्री सो गाडीमा भए–नभएको खुलेको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्