भोक्राहामा पानीमा डुबेर बालकको मृत्यु

Janata Abhiyan सोमबार, आषाढ २८, २०७८

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पानीमा डुबेर बालकको मृत्यु भएको छ । आइतबार साँझ भोक्राहा नरसिंह गाउँपालिका–६ का अरुणकुमार मेहेताको ३ वर्षीय छोरा कुनाल मेहेताको पानी डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरी अनुसार माछा पोखरी छेउमा खेल्ने क्रममा कुनालको डुबेर मृत्यु भएको हो । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्