९० लाखबढीको भन्सार छलीको सामानसहित वीरगन्जबाट ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

जनता अभियान शुक्रबार, साउन १३, २०७९

सशस्त्र प्रहरीले पर्साबाट ९० लाख बढीको भन्सार छलीको सामानसहित एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी मधेस प्रदेशका अनुसार वीरगञ्ज महानगरपालिका-१४ गण्डक चोकबाट ना६ख ९९०५ नम्बरको मालबाहक ट्रक बुधबार मध्यराति नियन्त्रणमा लिइएको हो।

बिल बिजकभन्दा बढीको इलेक्ट्रोनिक्स, औषधीलगायत ९० लाख ७५ हजार ४१६ बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले जानकारी दिए।

उनका अनुसार उक्त ट्रक वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। बरामद सामान र ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको ठाडामगरले जानकारी दिए।

यहाँ कमेन्ट गर्नुहोस्