माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित

जनता अभियान आइतबार, साउन १५, २०७९

नेकपा माओवादी केन्द्रको आज ३ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ।

पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल गर्ने गरी स्थायी समितिको बैठक साउन २५ गते बस्ने तय गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।

यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड जापान जाने भएपछि पूर्वनिर्धारित प्रदेशका बैठकहरुको तालिका परिवर्तन गरेको थियो।

 

यहाँ कमेन्ट गर्नुहोस्