जनता अभियान आइतबार, साउन २२, २०७९
ब्राउन सुगरसहित ईटहरीबाट ४ जना पक्राउ परेका छन्।
ईलाका प्रहरी कार्यलय इटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी उमनपा वडा नं. ४ बस्ने बर्ष २७ की सृजना ओझा र सोही ठाउँका २८ वर्ष क सुशान्त घिमिरे, विर्त सिंह राई र पवित्रा राईलाई ब्राउन सुगर सहित पक्राउ गरेको हो।
थप अनुसन्धानको क्रममा उनीहरुले उक्त लागु औषधि धनकुटा शहिद भुमी गा.पा.वडा न. ५ घर भई हाल इटहरी उपमहानगरपालिका वडा न. ५ मादेन मार्ग टोलमा डेरा गरी वस्ने वर्ष ३४ को विर्त सिंह राई र निजको श्रीमती वर्ष ३५ की पवित्रा राईबाट खरिद गरेको खुलेको थियो।

त्यसपछि प्रहरीले बिर्त सिंह राई र पबित्रा राईलाई पनि लागु औषध सहित उनीहरुको डेराबाट पक्राउ गर्यो।
विर्त सिंह राई, पवित्रा राई, सृजना ओझा र सुशान्त घिमिरेलाई सुनसरी जिल्ला अदालत ईनरुवावाट १० दिनको म्याद थप भई लागु औषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।