प्रदेशको नामकरण गर्न मुख्यमन्त्री नै उदासीन  : नेता कोइराला

विनोद मेहता बुधबार, साउन २५, २०७९

नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजिव कोईरालाले प्रदेश १ को नामाकरण गर्न प्रदेश सरकारका मूख्यमन्त्री नै उदासिन रहेको बताएका छन् ।

नेपाल महिला संघ सुनसरी क्षेत्र नम्बर २ को आयोजनामा देवानगञ्जमा आयोजित नेपाल महिला संघको ७५ औं स्थापना दिवश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको सबै प्रदेशको नाम जुर्दा प्रदेश १ नाम विहीनी हुनुमा प्रदेश सरकारका प्रमुख नै बाधक हरेको बताए।

उनले प्रदेश सरकारले नमाकरण नगर्ने पक्षमा रहेको तर सबै दोष नेपाली काङ्ग्रेसलाई देखाउने गरेकाले त्यसको भ्रममा नपर्न आग्रह गरे। उनले प्रदेशको नामाकरण नगर्नुको मूख्य कारण भोट रहेको समेत दावी गरे।

प्रदेशको नाम साझाँ सहमती हुने कुरा भएपनि प्रदेश सरकारका प्रमुखले नै इक्छा नदेखाएका कारणले ओझेलमा परेको कोइरालाको आरोप छ। कोईरालाले देशको विकासमा नेपाली काग्रेंसको महत्वपूर्ण योगदान रहेकाले अगामि आम निर्वाचनमा काग्रेंसलाई बहुमतका साथ विजयी गराउनुपर्ने धारणा राखे।

यहाँ कमेन्ट गर्नुहोस्