इटहरीबाट एकै दिन दुई बालिका बेपत्ता

जनता अभियान सोमबार, साउन ३०, २०७९

सुनसरीको इटहरी उप-महानगरपालिकाबाट दुई बालिका बेपत्ता भएका छन्। बेपत्ता हुनेमा इटहरी-९ की १४ वर्षीया दिन्जु नेपाली र इटहरी-६ की १५ वर्षीया सदीक्षा दर्नाल रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

उनीहरू आइतबारबाट बेपत्ता भएको प्रहरीले जनाएको छ। अभिभावकले उनीहरू हराएको भन्दै इलाका प्रहरी कार्यालयमा खोजी गरिदिन अनुरोध गरेका थिए।

बेपत्ता दुवै बालिकाको खोजी थालिएको जनाउँदै प्रहरीले कतै देखिएमा ०२५-५८२१००,९८५२०९०१२२ मा जानकारी दिन अनुराेधसमेत गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्