गाउँपालिकाले लिएको परीक्षामा पैसाको चलखेल

विनोद मेहता सोमबार, भाद्र १३, २०७९

सुनसरीको देवानगन्ज गाउँपालिकाले लिएको परीक्षामा रकमको चलखेल भएको पाइएको छ। गाउँपालिकाले भदौ १० गते कम्प्युटर अपरेटर पदका लागि परीक्षा लिएको थियो।
११८ जनाले दिएको सो परीक्षाबाट गाउँपालिकाले २६ जनाको नाम सर्टलिस्टमा राखेको थियो। २४ जनलाई मौखिक रूपमा परीक्षा लिएर गाउँपालिकाले आठ जना उत्तीर्ण भएको नतिजा निकालेको छ।
गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले परीक्षाका लागि प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाईंलाई सम्पूर्ण जिम्मेवारी सुम्पिएका थिए। तर उनले ती आठै जनामध्ये कसैलाई दुई लाख तथा कसैलाई तीन लाख रूपैयाँ लिई परीक्षामा उत्तीर्ण गराएको परीक्षार्थीहरूको दाबी छ।
अनुत्तीर्ण परीक्षार्थीमध्ये एकले भने, ‘सूचना प्रविधि अधिकृत जनार्दन मेहताले पैसा लिने दिने कुरा मिलाउने काम गरेका छन्। गुरागाईंले लिएका छन्। यस विषयमा अनुसन्धान थाल्न प्रहरीलाई दबाब दिने छौं।’

यहाँ कमेन्ट गर्नुहोस्