जनता अभियान सोमबार, भाद्र १३, २०७९
सुनसरीको देवानगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणी गुरागाँइ र सुचना प्रविधि अधिकृत जनार्दन मेहताको हाली मुहाली देवानगंज गाउँपालिकामा बढी भएको छ ।
नयाँ सरकार गठन भपछि देवानगंज गाउँपालिकाको अधिकांस कार्यक्रमहरुमा विना कमिसनको कामहरु नहुने गरेको स्थानियहरुको आरोप रहेको छ । करार सेवामा कार्यरत कर्मचारी जनार्द मेहताले गाउँपालिकमा सुचाना प्रविधिको क्षेत्रमा प्रयोग गरिने अधिकांस समानहरु कमसल र गुस्तर हिन खरिद गरि लाखौंको भष्ट्राचार गर्दै आएको समाचार स्रोतको दावि रहेको छ ।
मेहता अहिले प्रशासकिय अधिकृत गुरागाँइको समंरक्षणमा भ्रष्टाचार गर्दै आएको छ । गाउँपालिकामा संचालित अधिकांस कार्यक्रमा विना कमिसनको काम नहुनेगरेको एक जना सेवाग्राहीले नाम उल्लेख नगर्ने सर्तमा जनता अभियान लाई बताएका छन् ।
गुनासो गरेर सुचना प्रविधि अधिकृत मेहताले केही दिन अगाडी देखि शिक्षा शाखाको जिमेवारी समेत समहाले पछि शिक्षा शाखामा पनि भ्रष्टाचार गरिरहेको छ । शिक्षा शाखाको जिमेवारीमा आए पछि मेहताले विद्यालयहरु संग मिलेर आइसिटी कार्यक्रममा खरिद गरिएको सामग्रीमा समेत मेहताले नजरना असुलने गरेको एक शिक्षकको दावी रहेको छ ।
यसरी गाउँपालिकामा भ्रष्टाचार गर्न लिप्त रहेको करारका कर्मचारीको मुल्याँकन भने उत्कृट देखिए सँगै समया अवधि थप हुदै गइरहेको देखिन्छ । यता गाउँपालिकमा खुल्ले आम भ्रष्टार भइ रहदाँ गाउँपालिका अध्यक्ष लगायतको कार्यपालिका सदस्यहरु भने मुख दशर्क बनेको छ ।