बिनोद मेहता शुक्रबार, भाद्र १७, २०७९
हुलास कम्पनीको म्याद सकिएको चिउरा खुलेआम बिक्री हुनेगरेको पाइएको छ।
सुनसरीको देवानगन्ज गाउँपालिका–२ मा रहेको विशाल सप्लायर्सले हुलासको म्याद सकिएको चिउरा बिक्री गरेको पाइएको हो। शुक्रबार एनआइसी एसिया बैंकका कर्मचारी सुरज मुखियाले विशाल सप्लायर्सबाट हुलास कम्पनीको चिउरा किनेका थिए।
प्याकेट खोलेर चिउरा खाँदा स्वाद फरक लागेपछि उनले मिति हेरेका थिए।
तर ९ महिना पहिले नै म्याद सकिएको चिउरा पाएपछि उनी फोडेको प्याकेट लिएर विशाल सप्लायर्स पुगेका थिए। ‘पसल पुग्दा साहुले प्याकेट किन फोडेको अब फिर्ता गर्दिनँ, भनेर धाक देखाए।’
यता, विशाल सप्लायर्सका साहु पप्पु भगतले म्याद सकिएको चिउरा कम्पनीले फिर्ता लिने भनेर पसलको कुनामा राखिएको बताए। पसलमा बुबाले म्याद नहेरी दिएको उनले बताएका छन्।
यहाँ कमेन्ट गर्नुहोस्