१३ वर्षीया बालिका बलात्कारको आरोपमा भक्तपुरबाट एक युवक पक्राउ

जनता अभियान आइतबार, आश्विन ०२, २०७९

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भक्तपुरबाट एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका-७ घर भई हाल भक्तपुर दुधपाटी बस्ने १९ वर्षीय अनिश भुजेल छन्।

उनलाई शनिबार जिल्ला परिसर भक्तपुरको टोलीले ललितपुर महानगरपालिका-९ भुलढोकाबाट पक्राउ गरेको हो।

दुधपाटीमा रहेको म:म एन्डा पिज्जा हाउसमा बोलाएर जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको परिसर प्रवक्ता राजु पाण्डेले बताए।

भदौ ३० गते राति आफू कार्यरत् भक्तपुर-१ दुधपाटीको उक्त म:म एन्ड पिज्जा हाउसमा ती बालिकालाई भुजेलले बोलाएका थिए।

बलात्कार गरेको आरोप लागेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको पाण्डेले बताए।

यहाँ कमेन्ट गर्नुहोस्