विनोद मेहता बुधबार, आश्विन १२, २०७९
सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । देवानगञ्ज गाउँपालिका वाड नं १ र ६ मा बुधबार परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका –१, मध्यहर्षाहीकी ५० वर्षीय मिरादेवी यादव र देवनागञ्ज ६ राजगञ्ज सिनुवारिका ६० वर्षिया उचितनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बिहानको समयमा घरमा काम गरिरहेका यादवको चट्याङले घटनास्थलमै मृत्यु भएको थियो । चट्याङबाट मृत्यु भएका दुवैको पोष्टमार्टमका लागि शव अस्पताल लगिएको इलाका प्रहरी कार्यालय देवानगञ्जले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्