छोराको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ

जनता अभियान शुक्रबार, आश्विन १४, २०७९

दुई दिनअघि छोराको हत्या गरी फरार भएका बारबर्दिया नगरपालिका–११, बर्दियाका लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

४५ वर्षीय लौरंगले यही असोज १२ गते आफ्नो २० वर्षीय छोरा विवेकलाई फुटेको बियकारे बोतलले पेटमा प्रहार गरेका थिए । विवेकको सोही दिन अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो ।

सोही दिनदेखि फरार रहेका लौरंगलाई आज बिहान साढे १० बजे बर्दियाको गुलरिया नगरपालिका–११ इन्द्रपुर गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्