कक्षा १२ को परीक्षा वैशाख दोस्रो साता हुने

जनता अभियान मंगलबार, आश्विन २५, २०७९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साता गर्ने भएको छ ।

बोर्डले मंगलबार शैक्षिक सत्र २०७९/०८० को परीक्षा सञ्चालन सम्बन्धी कार्यतालिका सार्वजनिक गर्दै कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साता हुने जनाएको हो । त्यसका लागि पुस १ गतेबाट परीक्षा आवेदन फारम वितरण गर्ने र माघ १५ गतेसम्मा फारम भरिसक्नुपर्नेछ । माघ मसान्तसम्म दोब्बर शुल्कमा परीक्षा आवेदन फारम भरिने र फागुन मसान्तभित्र परीक्षा केन्द्र निर्धारण गर्ने बोर्डको कार्यतालिका छ ।

यस्तै, कक्षा ११ को आशिंक/ग्रेड वृद्धि परीक्षा वैशाखाको तेस्रो हप्तादेखि सञ्चालन गर्ने र ११ को वार्षिक परीक्षा वैशाख अन्तिम सातादेखि सञ्चालन गर्ने भएको छ । कक्षा ११ को परीक्षाका लागि पुस १५ गतेसम्म रजिस्ट्रेसन फारम र दोब्बर दस्तुर तिरेर पुस मसान्तसम्म रजिस्ट्रेसन फारम भर्नुपर्ने बोर्डको तालिका छ ।

विद्यालयहरूले माघ १५ गतेभित्र बोर्डका कार्यालयमा रजिस्ट्रेसन फारम बुझाउनुपर्ने र फागुन १५ गतेभित्र रजिस्ट्रेसन फारमको अर्धकट्टी वितरण गर्नेछ ।

यहाँ कमेन्ट गर्नुहोस्