जनता अभियान मंगलबार, आश्विन २५, २०७९
नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर अहिलेसम्म डेंगु संक्रमणबाट ४४ जनाले ज्यान गुमाएका छन । यस्तै, अहिलेसम्म ३३ हजार ९७५ जनामा डेंगु पुष्टि भएको छ । यो वर्ष मनसुन लामो समय रहेकाले डेंगु संक्रमण कात्तिक अन्तिमसम्म नै फैलिन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
नेपालमा डेंगु संक्रमण नियन्त्रणबाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको विज्ञहरु बताउँछन । त्यसका लागि सरकारका सबै तह र जनस्तरबाट घर कार्यालय, शैक्षिक क्षेत्र तथा बजार क्षेत्रमा लामखुट्टे निर्मूल गर्न अभियान नै चलाउनुपर्नेमा विज्ञहरुको जोड छ ।
हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्