जनता अभियान मंगलबार, आश्विन २५, २०७९
१३ वर्षीया बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई भक्तपुरबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई हाल बौद्ध बस्दै आएका ३५ वर्षीय रामबहादुर सुनार छन्।
सूर्यबिनायक नगरपालिका-२ बालकोटमा डेरामा अभिभावकसँग बस्दै आएका ती बालिकालाई डेरामै गएर जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
आइतबार रातको समयमा बलात्कार भएपछि वृत्त ठिमीको टोलीले सुनारलाई पक्राउ गरेको थियो।
सुनारलाई हिरासतमा राखेर जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्