जनता अभियान शनिबार, आश्विन २९, २०७९
टर्कीकाे कोइला खानीमा विष्फोट हुँदा २५ जनाको मृत्यु भएको छ।
उत्तरी टर्कीको बार्टिन प्रान्तमा रहेको एउटा खानीमा विष्फोट हुँदा २५ जनाको मृत्यु भएको हो। उक्त खानीमा अझै पनि कयौं मानिस फसेको बताइएको छ।
करिब ३ सय मिटर गहिरो खानीमा झण्डै आधा भागतिर ती कामदारहरु काम गरिरहेको बताइएको छ।
खानीमा विष्फोट हुँदा झण्डै १ सय १० जना काम गरिरहेको बताइएको छ।
टर्कीका स्वास्थ्य मन्त्रीका अनुसार खानीबाट ११ जनाको उद्दार गरि अहिले उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
खानीमा फसेका कामदारहरुको जीवितै उद्दार गर्न आपतकालिन कामदारहरु रातभर चट्टान खनेर खानीमा पुग्ने प्रयास गरिरहेका छन्।
विष्फोट करिब ३ सय मिटर गहिराइमा भएको अनुमान गरिएको छ।
यहाँ कमेन्ट गर्नुहोस्