देश बिकास गर्ने भिजन भएकाहरुलाई अवसर दिनुपर्छ: पूर्वप्रधानमन्त्री भट्टराई

जनता अभियान सोमबार, आश्विन ३१, २०७९

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देश बिकास गर्ने भिजन भएकाहरुलाई अवसर दिनुपर्ने बताएका छन्।

नेपाल चार्टर्ड अकाउन्टेन्ट्ड संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘दिगो आर्थिक विकास’ राष्ट्रिय सम्मेलनमा भट्टराईले ठूला र लोकतान्त्रीक भन्ने पार्टीहरुले नै देश बिकास गर्ने भिजन भएकाहरुलाई पाखा लगाउनु उचित नभएको बताए।

नेपालको सबै कुरा बुझ्ने विद्वान स्वर्णिम वाग्ले जस्तो मान्छेलाई आफूलाई सबैभन्दा ठूलो लोकतन्त्र भन्ने पार्टीले चुनाव लड्ने टिकट नदिएको उनको भनाई छ।

उनले समयको व्यवस्थापन नभएसम्म देशको समृद्धि नहुने र मुलुकमा उत्पादन नबढाएसम्म दिगो विकास पनि हुन नसक्ने धारणा राखेका छन्।

उनले आफुले तीन पटक अत्याधिक मतले चूनाव जितको र अव निबृत्त भएको बताए। दोहोरो कर्म गर्ने, उपदेश दिने र अन्त्यमा देश छाडेर जाने प्रवृतिले देश नवन्ने उनको भनाई छ।

यहाँ कमेन्ट गर्नुहोस्