सर्लाहीमा सहकारीका कर्मचारीमाथि अज्ञात समूहद्वारा तीन राउन्ड गोली प्रहार

जनता अभियान बुधबार, कार्तिक ०२, २०७९

सर्लाहीमा सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी साजन कार्कीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।

बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिका वडा नम्बर १ मिलन चोकमा रहेको सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका वडा नम्बर २ जुटपानीका ३० वर्षीय कार्कीमाथि काम गरिरहेको समयमा अज्ञात समुहले तीन राउण्ड गोली प्रहार गरि फरार भएको प्रहरीले जानकारी दिएको छ।

कार्कीमाथि ३ राउण्ड गोली प्रहार हुँदा उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको छ छ।

हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि कार्कीलाई थप उपचारको लाथि काठमाडौं रिफर गरिएको छ।

अज्ञात समूहले गोली प्रहार गरी भागेको जानकारी पाएपछि प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्