जनता अभियान मंगलबार, कार्तिक १५, २०७९
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रयोग गर्न भारतले नेपाललाई दुई सयवटा गाडी उपहारमा दिएको छ।
काठमाडौंस्थित भारतीय दूतावासले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रयोग गर्न नेपाललाई दुई सय वटा सवारीसाधन उपहार दिएको हो।
मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई ती सवारीसाधन हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ।
यी सवारीसाधन निर्वाचनका लागि प्रयोग गरिने अर्थमन्त्री शर्माले जनाएका छन्।
यहाँ कमेन्ट गर्नुहोस्