जनता अभियान बुधबार, कार्तिक १६, २०७९
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ।
मंगलबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको निगमले जनाएको छ।
पेट्रोलमा प्रतिलिटर ६० पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ ७६ पैसा मूल्य बढेर आएको निगमले जनाएको छ।
यस्तै, मट्टीतेल प्रतिलिटरमा चार रुपैयाँ, हवाइ इन्धनमा पाँच रुपैयाँ बढेर आएको निगमले जनाएको छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि नेपालमा पनि मूल्य बढेर आएको हो।
यसअघि चार पटक मूल्य घटेर आए पनि निगमले घाटा देखाएर मूल्य घटाएको थिएन।
निगमलाई खाना पकाउने ग्यास र डिजेलमा घाटा भए पनि अरूमा नाफा रहेको छ।
मूल्य बढेर आए पनि हालका लागि यथावत् राखिने निगमले जनाएको छ।
आइओसीले प्रत्येक महिनाको एक र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ।
यहाँ कमेन्ट गर्नुहोस्