कामरु कन्स्ट्रक्सनका सञ्चालक पक्राउ

जनता अभियान बुधबार, कार्तिक १६, २०७९

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

कामरु कन्स्ट्रक्सन प्रालिका सञ्चालक नुवाकोट बेलकोटगढी नगरपालिका-६ का भएका ५१ वर्षीय राममणि दहाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र ४० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले धादिङको गल्छीबाट पक्राउ गरेको हो।

कामरु कन्स्ट्रक्सन प्रालिका संचालक दहालले २०७७ मंसिर १५ गते उक्त कम्पनीको नाममा कुमारी बैंक लिमिटेडको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो।

उनलाई जिल्ला अदालत ललितपुरको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्