रवि लामिछानेका पार्टीका नेताले गरे पार्टी परित्याग

जनता अभियान बिहिबार, कार्तिक १७, २०७९

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले पार्टी परित्याग गरेका छन्।

केन्द्रीय नेतामा नैतिकता नभऐको भन्दै १ नं. प्रदेश निर्वाचन परिचालन समिति का सभापति सहित तीन तहका नेता कार्यकर्ताले धरानमा मंगलवार पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग गरेका हुन्।

समितिका सभापति सञ्जीव भट्टराईसहित सुनसरी जिल्ला सचिव तथा १ नं. प्रदेश निर्वाचन परिचालन समितिका उपसभापति प्रेमप्रसाद तिमल्सिना, प्रदेश समिति सदस्य सिल्पा भट्टराई, धरान उपमहानगरपालिकाका सभापति राम कार्कीलगायत पार्टी परित्याग गरेको घोषणा गरे।

उनीहरुले स्वतन्त्र पार्टीका केन्द्रीय नेताको नीति सिद्धान्त, आदर्श, उदेश्य, विधानबाट पथभ्ष्ट भई आर्थिक अपचलन र स्वेच्छारिताका कारणले पार्टी परित्याग गरेको बताए। नेपालभरका आकाङ्क्षाहरूदेखी १२ हजार ५ सयका दरले रकम असुलेको पनि दाबी गरे।

टिकट नपाएका व्यक्तिको रकम फिर्तासमेत नगरेको बताऐ। बहसमा ल्याउन नसक्नु पार्टी सभापति र महामन्त्रीको ढुलमुले र अपरिपक्वता को ज्वलन्त उदाहरण भएको उल्लेख छ।

समितिका सभापति भट्टराईले स्वतन्त्र पार्टी पनि अन्य राजनीतिक दलभन्दा फरक नरहेको पनि सामूहिकरूपमा पार्टी परित्याग गरेको बताए। सभापति भट्टराईले १ नं. प्रदेशका १ हजार ९ सय नेता, कार्यकर्ताले सामूहिकरूपमा पार्टी परित्याग गरेको दाबी गरे।

यहाँ कमेन्ट गर्नुहोस्