जनता अभियान बिहिबार, कार्तिक १७, २०७९
विराटनगर महानगरपालिका-४ मा रहेको कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसो १ बजेतिर रामजानकी कोल्ड स्टोरमा ग्यास लिक भएको थियो।
ग्यास लिक हुँदा निसास्सिएर विराटनगर-५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार सो कोल्ड सेन्टरमा मिस्त्रीको काम गर्दै आएका चौधरी निसास्सिएर चौधरी बेहोस भएका थिए।
उनलाई विराट नर्सिङ होम एवम् विराटनगर अस्पताल पुर्याइएकोमा उपचारका क्रममा २ बजेतिर मृत घोषित गरेको डिएसपी श्रेष्ठले बताए।
यहाँ कमेन्ट गर्नुहोस्