फेल भएका विद्यार्थीलाई पास गराउने सहप्राध्यापक र सहायक डिनविरुद्ध मुद्दा

जनता अभियान सोमबार, कार्तिक २८, २०७९

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहप्रध्याअख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक र सहायक डिनविरुद्ध मुद्दा दायर गरेको छ।

उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामकुमार भण्डारीले जानकारी दिए।

उत्तीर्ण भएका परीक्षार्थीलाई अनुत्तीर्ण गराएर त्यसको ठाउँमा अनुत्तीर्ण भएकालाई उत्तीर्ण गरेको भन्दै अंग्रेजी संकायका विज्ञ सहप्राध्यापक विनयकुमार दास र परीक्षा समितिका संयोजक सहायक डिन कमलेश डिसीविरुद्ध मुद्दा दायर भएको हो।

सहप्राध्यापक दासले उत्तरपुस्तिका जाँच गर्ने क्रममा अंक प्रदान गर्दा अनुत्तीर्ण हुने प्रकृतिको परीक्षार्थीलाई उत्तीर्ण र उत्तीर्ण हुने प्रकृतिको परीक्षार्थीको उत्तरपुस्तिकामा दिएको अंकलाई पटक–पटक केरमेट गरी अनुत्तीर्ण गराएको देखिएको आयोगले जनाएको छ।

प्रश्नपत्रको गोपनीयता भंग तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपत्रमा उल्लेख छ।

दुवैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा सजाय मागदाबी गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्